जनकपुरधाम १६ कार्तिक । सत्ता गठबन्धनको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं ३को प्रतिनिधि सभा उम्मेदवार अनिल कुमार झाले उपमहानगरपालिका वडा नम्बर ७मा बुधवार घरदैलो गरेका हुन् । जानकी नगरमा उम्मेदवार झासंगै घरदैलोमा पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार प्रमेश्वर साहले मतदाताहरु संग भेट गर्दै गठबन्धनका उम्मेदवारहरुको पक्षमा मत हाल्न अनुरोध गरेका छन् । युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएर उम्मेदवार झाले मतदाता आफूलाई विश्वास गर्ने झाको भनाई छ । सत्ता गठबन्धनको पक्षका उम्मेदवारहरुप्रति जनताको माया र स्नेह बढ्दै गईरहेको दावी गर्दै झाले आफुहरुको जीत सुनिश्चित रहेको बताउनुभयो ।