बुटवल २० आश्विन । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरधाम अवतरण गरेको छ ।
मौसम खराबका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।
आज बिहान ६: १५मा उड्नुपर्ने विमान ७ : ३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि मौसम खराबका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका एक यात्रुले जानकारी दिएका छन ।