जनकपुरधाम २२ भादौ । धनुषामा दुई किशोरी मृत अवस्थामा फेला परेको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर ६ मा पर्ने बीर्ता चौरीमा मँगलबार दिउँसो मृत अवस्थामा फेला परेको थियो ।
गाउँलेहरु खेत तर्फ जाँदा दुई किशोरी मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । केही बेरमै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार धनुषाको नगराईन नगरपालिका वडा नम्बर ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ बर्षिय छोरी पूजा महरा र वार्ड ७ मा बस्दै आएकी बर्ष १९ की आरती कुमारी महरा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीले मृतकहरुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ भने शवको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता रबिदास उत्थान समाजका प्रदेश संयोजक तिर्पित महराले यो घटनालाई छानबिन गर्न सम्बंधित निकाय संग आग्रह गरेका छन ।