काठमाडौँ, २५ असोज । सर्लाही र बाँकेसहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको गृह मन्त्रालयले जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ ।
धमला दोलखाका प्रजिअ थिए । जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह र धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि बाँकेका प्रजिअ विपिन आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताएका छन ।














