जनकपुरधाम,१७ साउन । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।
बुधबार साझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन । थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
गत असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्त गरिएको थियो । २६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन लिएका छन् ।
सभामुख गौतमले राजीनामा दिएपछि बहुमत जुटाएका थापाले बुधबार पहिलो चरणमा तीनजनालाई मन्त्री बनाएका छन् । थापाले शपथ लिएलगत्तै तीनजनाले मन्त्रीको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन् ।














