KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

काठमाडौं, १४ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् ।

जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो ।

जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए ।

अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् ।

अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ ।

एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
रासस–

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar