KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागरिकता विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

नागरिकता विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए ।

संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर प्रमाणीकरण भएन ।

त्यसबेला अधिकारीहरूले विधेयक होल्ड गरेको बताए पनि राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रुपमा बोल्यो, न संसदलाई जानकारी दियो ।

२५ फागुन २०७९ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भए, २९ फागुनमा उनले शपथ लिएसँगै भण्डारी शीतल निवासबाट विदा भइन् ।

त्यसपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्यो । तर राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो भन्ने प्रष्ट भएन ।

प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूले गरेको परामर्शमा कानुन व्यवसायीहरूले नयाँ राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने बताए ।

राष्ट्रपतिले पनि कानुनी परामर्श गरे । उनी नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे, तर संवैधानिक बाटो प्रष्ट नभएकाले अलमलमा थिए ।

त्यसलाई सम्बोधन गर्न १२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गर्यो ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

Facebook Comment

Related Posts

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

काठमाडौँमा सुकुमवासी हटाउने क्रममा सरकारको आपतकालीन बैठक

बुटवलमा अतिक्रमित सरकारी जग्गा खाली गर्न डोजर अभियान

बुटवलमा अतिक्रमित सरकारी जग्गा खाली गर्न डोजर अभियान

ताजा समाचार

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar