काठमाडौं,३० बैशाख । शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् ।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रश्तुति समेत दिएका थिए ।
विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताउनुभयो ।
अहिलेको नेताहरु भगौडे रहेको र सबै उद्योग धन्दाहरु बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताएका छन ।














