जनकपुरधाम,१० बैशाख । उपचुनावका क्रममा बाराका विभिन्न ठाउँमा जसपाले बुथ कब्जा गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले आरोप लगाउनुभएको छ ।
पत्रकारहरुसँग भने, तीन चार ठाउँमा बुथ कब्जा भएको छ । मतदाताहरुलाई धाकधम्की दिने काम भइरहेको छ ।
खास गरेर जसपाका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताहरूलाई हिँडडुल समेत गर्न नदिने भएको छ ।
राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन ।












