काठमाडौँ, १२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा जोडिएका छन्।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान र सुशासनका क्षेत्रमा लामो अनुभव भएका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका हुन्।
बज्राचार्यको प्रवेशले पार्टीको नेतृत्व थप अनुभवी र प्राज्ञिक बन्नुका साथै नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई बल पुग्ने पार्टीले विश्वास व्यक्त गरेको छ।














