काठमाडौँ, ११ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले भारत भ्रमणका विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारत भ्रमण गरेका थिए। भेटका क्रममा भारत भ्रमणसँगै समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।
यसअघि भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको थियो।














