KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर हेल्थ केयरमा तालाबन्दीदेखि कब्जाको आरोपसम्म, प्रहरीको भूमिकामाथि प्रश्न

जनकपुर हेल्थ केयरमा तालाबन्दीदेखि कब्जाको आरोपसम्म, प्रहरीको भूमिकामाथि प्रश्न

काठमाडौं, ११ मंसिर । सञ्चालक र चिकित्सकबीच स्वामित्व तथा सञ्चालन अधिकारको विवाद चर्किएपछि जनकपुरधामस्थित जनकपुर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर विवादमा परेको छ। दशरथ तलाउअगाडि रामजानकी मन्दिरको जग्गा भाडामा लिएर सञ्चालन हुँदै आएको सेन्टरमा चिकित्सकले जबर्जस्ती कब्जा गरेको सञ्चालक पक्षले आरोप लगाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सेन्टरका सञ्चालक भरत यादवले आफूले सञ्चालन गर्दै आएको संस्थाबाटै आफूलाई बाहिर निकालिएको आरोप लगाए। उनका अनुसार गत भदौ ६ गते चिकित्सक डा. शशि शेखर अधिकारीसँग विवाद भएपछि औषधि पसल सञ्चालनमा अवरोध सिर्जना गरिएको थियो।

यादवले भदौ १८ गते उच्च अदालत जनकपुरधाममा निषेधाज्ञाको माग गर्दै निवेदन दिएको र अदालतले भदौ २२ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म औषधि पसल सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको जानकारी दिए। तर उक्त आदेशविपरीत पसलमा प्लाई लगाएर अवरोध गरिएको उनको आरोप छ। यस विषयमा प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ नभएको उनले गुनासो गरे।

त्यस्तै, सेन्टरभित्र सम्झौताअनुसार प्रयोगशाला सञ्चालन गर्दै आएका सुमितकुमार साहले पनि आफूलाई जानकारी नदिई प्रयोगशालामा तालाबन्दी गरिएको आरोप लगाएका छन्।

रामजानकी मन्दिरका महन्थले समेत क्लिनिक सञ्चालनका लागि भरत यादवसँग जग्गा भाडाको सम्झौता भएको र डा. अधिकारी त्यहाँ चिकित्सकीय सेवा दिन आउने गरेको बताएका छन्। अहिले चिकित्सकले नै संस्थामाथि आफ्नो स्वामित्व दाबी गरेको भन्दै महन्थले पनि प्रहरीमा निवेदन दिएको जनाएका छन्।

स्वामित्व, जग्गा भाडा र सञ्चालन अधिकारलाई लिएर उत्पन्न विवादले स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ। घटनाबारे निष्पक्ष छानबिन गरी अदालतको आदेश र सम्झौताअनुसार वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

Facebook Comment


Related Posts

भारत भ्रमणबारे प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई गराए जानकारी

भारत भ्रमणबारे प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई गराए जानकारी

शीतल निवासमा राष्ट्रपति पौडेल र रविबीच भेट, के भयो छलफल?

शीतल निवासमा राष्ट्रपति पौडेल र रविबीच भेट, के भयो छलफल?

चीन भ्रमणको अनुभव देश विकासमा उपयोग गर्न रविको निर्देशन

चीन भ्रमणको अनुभव देश विकासमा उपयोग गर्न रविको निर्देशन

वैज्ञानिक र कर्मचारीमैत्री कानुन माग्दै नास्टका कर्मचारीको प्रदर्शन

वैज्ञानिक र कर्मचारीमैत्री कानुन माग्दै नास्टका कर्मचारीको प्रदर्शन

बाढीमा बेपत्ता ३ हजार ९१५ जनाको मृत्यु घोषणा प्रक्रिया अघि बढाइयो

बाढीमा बेपत्ता ३ हजार ९१५ जनाको मृत्यु घोषणा प्रक्रिया अघि बढाइयो

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुँदैन : सांसद अमरेश सिंह

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुँदैन : सांसद अमरेश सिंह

ताजा समाचार

भारत भ्रमणबारे प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई गराए जानकारी

भारत भ्रमणबारे प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई गराए जानकारी

शीतल निवासमा राष्ट्रपति पौडेल र रविबीच भेट, के भयो छलफल?

शीतल निवासमा राष्ट्रपति पौडेल र रविबीच भेट, के भयो छलफल?

जनकपुर हेल्थ केयरमा तालाबन्दीदेखि कब्जाको आरोपसम्म, प्रहरीको भूमिकामाथि प्रश्न

जनकपुर हेल्थ केयरमा तालाबन्दीदेखि कब्जाको आरोपसम्म, प्रहरीको भूमिकामाथि प्रश्न

चीन भ्रमणको अनुभव देश विकासमा उपयोग गर्न रविको निर्देशन

चीन भ्रमणको अनुभव देश विकासमा उपयोग गर्न रविको निर्देशन

वैज्ञानिक र कर्मचारीमैत्री कानुन माग्दै नास्टका कर्मचारीको प्रदर्शन

वैज्ञानिक र कर्मचारीमैत्री कानुन माग्दै नास्टका कर्मचारीको प्रदर्शन

बाढीमा बेपत्ता ३ हजार ९१५ जनाको मृत्यु घोषणा प्रक्रिया अघि बढाइयो

बाढीमा बेपत्ता ३ हजार ९१५ जनाको मृत्यु घोषणा प्रक्रिया अघि बढाइयो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar