काठमाडौं, ११ मङ्सिर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ४८ जिल्लाका ३ हजार २९२ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गरेको हो।
सम्बन्धित अध्यादेशअनुसार दुई चरणमा सातदिने सूचना जारी गरी दाबी संकलन गरेपछि यस्तो निर्णय गरिएको हो।
बैठकले सन् २०३० भित्र सबै समुदायमा पूर्वसूचना प्रणाली पुर्याउने मार्गचित्र, वन डढेलो रणनीति तथा वायु प्रदूषण नियन्त्रण कार्ययोजना पनि पारित गरेको छ।
साथै, विभिन्न जिल्लाका जोखिमयुक्त बस्तीका ११८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ।














