काठमाडौं, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।
यसअघि बिहीबार सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए। उक्त भेटमा प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा कुराकानी भएको थियो।
प्रधानमन्त्रीसँगको भेटको भोलिपल्ट लामिछानेले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।














