नयाँ दिल्ली, ६ मंसिर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म भएको भेटमा जयशंकरले प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए।
भेटमा नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता, प्रतिनिधिमण्डलस्तरीय छलफल, सम्भावित सहमति तथा सम्झौता र विभिन्न परियोजनाको शिलान्यासबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीचको भेटपछि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच छुट्टै छलफल भइरहेको छ।














