काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
आइतबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाह ताज होटलमा बस्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणको पहिलो दिन आइतबार साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेट प्रधानमन्त्री बसेकै होटल ताजमा हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।














