काठमाडौं, १ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसियान–भारत रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेका छन्।
फिलिपिन्सको मनिलामा आयोजित आसियान–भारत शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सामुद्रिक सहकार्य, साइबर सुरक्षा, आणविक ऊर्जा, अन्तरिक्ष प्रविधि, दुर्लभ खनिज, युवा सहभागिता र सिर्जनशील उद्योगमा सहयोग बढाउनुपर्ने बताएका हुन्।
आसियान र भारतबीचको साझेदारी ३५ वर्ष पुग्न लागेको उल्लेख गर्दै उनले साझा प्रयासबाट सुरक्षित, समृद्ध र एकआपसमा जोडिएको भविष्य निर्माण गर्ने भारतको लक्ष्य रहेको बताए।
मोदीका प्रस्तावले क्षेत्रीय स्थिरता र आर्थिक विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।














