झापा, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले झापाको ऐतिहासिक मेची पुलबाट मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।
६० दिनसम्म सञ्चालन हुने पदयात्राको पहिलो दिन झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठक, क्षेत्र नम्बर ४ का सांसद शम्भुप्रसाद ढकाल, जिल्ला सभापति ओम भण्डारी, सचिव प्रेम खनाल, युवा नेता भोला सासवानसहित नेता, कार्यकर्ता तथा स्थानीयवासी सहभागी भएका थिए।
पदयात्राको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट, संवाद र सम्बन्ध विस्तार गर्नु रहेको जनाइएको छ।














