काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको प्रदेश अधिवेशनमा सहभागी हुन सातै प्रदेश पुग्ने भएका छन्।
देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका अनुसार मंसिर ५ गतेदेखि सुरु हुने प्रदेश अधिवेशनमा देउवा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
देउवा पक्षले हालसम्म ४६ जिल्लामा जिल्ला अधिवेशन र १४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।
प्रदेश अधिवेशनपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी रहेको छ।














