काठमाडौं, १ मंसिर । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि पहिलो सुनुवाइ हुने भएको छ।
छठ पर्वको सार्वजनिक बिदाका कारण यसअघि तोकिएको पेसी सरेर भोलिका लागि निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
कार्कीले प्रहरी ऐन र नियमावलीविपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै महानिरीक्षकमा पुनर्बहाली र नयाँ आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश माग गरेका छन्।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।














