काठमाडौं, १ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ। वार्तामा आर्थिक सहयोग, हवाई सम्पर्क विस्तारलगायतका विषयमा छलफल तथा सम्झौता हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्माण भएका केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन्। प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ।














