जनकपुर, २८ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आग्रह गरेको हो।
यसका लागि आगामी मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।















