वीरगन्ज, २३ कार्तिक । दीपावलीमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
पकहाँमैनपुर गाउँपालिका–२ मधुबनीका मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान पटका पड्काउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














