काठमाडौं, २१ कात्तिक । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् ।
टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन सत्रमा मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । उनले ११ र १२ नोभेम्बरमा हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा समेत भाग लिनेछन् ।
सम्मेलनका क्रममा उनले विभिन्न उच्चस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागी हुनुका साथै विदेशी समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
नेपाली टोलीमा कृषिमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना उच्च अधिकारी सहभागी छन् । मन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।














