काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सञ्चारकर्मीमाथि भइरहेको धरपकडमा प्रधानमन्त्री तथा सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले बिहीबार विकसित घटनाक्रमबारे सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै जानकारीसमेत नरहेको बताइन्।
नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेका घटनामा प्रधानमन्त्रीको कुनै भूमिका नरहेको दाबी गरेकी हुन्।
यसैबीच, प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ भने अन्य सञ्चारमाध्यमका पत्रकारको समेत खोजी गरिरहेको छ। नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई पनि साइबर ब्युरोमा बोलाएर सोधपुछ गरिएको जनाइएको छ।














