काठमाडौं, ११ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
बुधबार ललितपुर जिल्ला अदालतमा बयानपछि न्यायाधीश हरिसिंह धामीको इजलासले दुवैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार उनीहरूले धरौटी रकम बुझाइसकेका छन्।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो। यसअघि जोशी र पाण्डे पनि धरौटीमा रिहा भइसकेका छन्।














