काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीलाई थप सुदृढ बनाउन र असन्तुष्ट नेता–कार्यकर्तालाई पुनः जोड्न ‘घर फर्क अभियान’ सञ्चालन गर्ने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनपछि तिहार र छठ पर्वलगत्तै साङ्गठनिक गतिविधिलाई तीव्रता दिने तयारी गरिएको हो। मङ्सिर महिनाभर सञ्चालन गर्ने प्रस्तावित अभियानमार्फत विगतमा पार्टीबाट टाढिएका नेता–कार्यकर्तालाई संवादका माध्यमबाट पुनः सङ्गठनमा जोड्ने लक्ष्य राखिएको छ।
सभापति थापाले महाधिवेशनमा जित–हारभन्दा माथि उठेर सबैलाई समेट्दै अघि बढ्ने बताएका छन्। साथै, जिल्ला र प्रदेश अधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि सार्वजनिक गरिने जनाइएको छ।














