चितवन, १० कात्तिक । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
मंगलबार बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंवाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ६६ जनाको टोली परिचालन गरिएको थियो। घाइतेलाई स्थानीय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।














