काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।
आज दिउँसो १२:३० बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। चितवनको कप्तानी कुशल मल्लले गर्दैछन् भने विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हालिरहेका छन्।
त्यस्तै, आज साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दैछन्।
प्रतियोगितामा चारवटै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। एनपीएलको फाइनल खेल मंसिर ५ गते हुने तालिका छ।














