काठमाडौं, १ कात्तिक । बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा क्षति पुर्याएपछि बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ।
यातायात सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित आजै बेलिब्रिज जोड्ने तयारी गरिएको छ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो। पुल पुनः सञ्चालनका लागि नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण भइरहेको छ।












