काठमाडौँ, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो. फिरदोस आलम मधेशी क्लस्टरतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
फिरदोस मधेश प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट निर्वाचित एकमात्र सांसदसमेत हुन्।
उनी पूर्वसांसद मोहम्मद आफताब आलमका छोरा हुन्।
आफताबमाथि २०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा जलाएको आरोप लागेको थियो।
जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाए पनि उच्च अदालत जनकपुरले २०८२ जेठमा प्रमाण पर्याप्त नभएको ठहर गर्दै सफाइ दिएको थियो। उनको २०८२ कात्तिक २१ गते उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो।














