काठमाडौं, २७ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन्।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले विभिन्न देशका प्रतिनिधिसँग १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय छलफलमा सहभागी हुने कार्यक्रम छ।
उनको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका अधिकारीहरू सहभागी छन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।














