काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।
राठौरले सभापतिका अर्का प्रत्याशी गगन थापाको आग्रहपछि पार्टीको बृहत्तर हित र एकताका लागि उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
पूर्व सह महामन्त्रीसमेत रहेका राठौर केही समयअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका थिए। उनले यसअघि सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।














