धनगढी, २१ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी प्रक्रियामा अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा सर्वोच्चले अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी प्रक्रिया अन्तिम फैसला नहुँदासम्म अघि नबढाउन आदेश दिएको हो।
सर्वोच्चको आदेशपछि आज साँझ ५ बजे बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी प्रभावित भएको छ। बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेका बेला आदेश आएको हो।
यससँगै सुदूरपश्चिममा चालु आर्थिक वर्षको बजेट प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अन्योल सिर्जना भएको छ।














