धनगढी, २० असोज। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका छन्।
मंगलबार राति करिब ९:३० बजे स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला नजिकै चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
उनीहरूलाई राति करिब ११ः०५ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ र उपचार भइरहेको छ।














