काठमाडौँ, २० असोज । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ।
सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
न्यायपरिषद् स्रोतका अनुसार उनीहरूको नाम सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।














