काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन्।
काठमाडौँको खुलामञ्चमा आज हुने महाधिवेशन उद्घाटनमा प्रचण्ड नै सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको आजका लागि अन्य कुनै कार्यक्रम तय नभएकाले उनी कांग्रेस महाधिवेशनमा जानेछन्।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। ओलीको स्थानमा एमाले महासचिव शंकर पोखरेल कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।













