काठमाडौ, ८ असोज । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय कमिटी सदस्य मनोनयन तथा स्थायी कमिटी गठनका विषयमा छलफल भएको छ।
पार्टी कार्यालयमा करिब चार घण्टा बसेको बैठकमा विभिन्न नाममाथि छलफल गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गरिने तयारी छ।
एमालेले अन्य पार्टीबाट आएका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेट्ने जनाएको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीलाई नयाँ दिशा दिएको निष्कर्ष निकालेको पनि भट्टले बताए ।














