रौतहट, ८ असोज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनसार-जङ्गलसहिया सडकखण्डमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गुजरा नगरपालिका-३ स्थित धनसार गेट नजिक भएको दुर्घटनामा फतुवा विजयपुर नगरपालिका-५ का २० वर्षीय सन्देश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कटहरिया नगरपालिका-८ का २० वर्षीय राजगीर यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
निजगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आएको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














