न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।
भेटमा मन्त्री खनालले भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
साथै, दुई देशबीचको सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।














