काठमाडौं, ७ असोज। नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्दैछन्।
भनिमण्डलमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंगलबारसम्म ११८ जना सदस्यले प्रतिवेदनमाथि धारणा राखिसकेका छन्।
आज बाँकी सदस्यको धारणा पूरा गर्ने तयारी छ। बैठकमा संगठन सुदृढीकरण, समसामयिक राजनीति लगायत नौवटा एजेन्डामा छलफल भइरहेको छ।
सबै सदस्यको धारणा सकिएपछि बिहीबार सचिवालय बैठक बस्ने र पोलिटब्युरो तथा स्थायी कमिटी गठन एवं केन्द्रीय सदस्य मनोनयनबारे निर्णय गर्ने तयारी छ।














