काठमाडौं, ५ असोज । भोटेकोशी–त्रिशूली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गरेको हो।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिनेछ। समितिलाई काम पूरा गर्न तीन महिनाको समय दिइएको छ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, निशा डाँगी, ध्रुवराज राई, पुष्पराज कँडेल, मोहन आचार्यलगायत १७ सांसद सदस्य छन्। पहिलो बैठकले सदस्यहरूमध्येबाट सभापति चयन गर्नेछ।














