काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गर्ने विषयमा सहमति नजनाएका छन्।
सोमबार बसेको सचिवालय बैठकले प्रतिवेदन तथा केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे कुनै निर्णय गर्न सकेन। कार्यदलले प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदन परिमार्जन गरी सचिवालयमा पेस गरेको थियो।
प्रतिवेदनमा तल्लो तहबाट आएका सुझाव समेट्ने विषयमा सहमति नजुटेपछि ओलीले त्यसलाई केन्द्रीय कमिटीमा लैजान अस्वीकार गरेको एक पदाधिकारीले बताएका छन्।
सचिवालय बैठक निष्कर्षविहीन भएपछि अब केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने एजेन्डामाथि छलफल हुने भएको छ। एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलमा सुरु हुँदैछ।














