काठमाडौं, ५ असोज । चीन सरकारले भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
चेक बुझ्दै मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको बताउँदै नेपालका सुख–दुःखमा चीन सधैँ साथमा रहने बताए।














