काठमाडौँ, १ असोज । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको हो। समितिका सभापति हरि ढकालका अनुसार प्रतिवेदन बिहीबारकै प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ।
यसैबीच, विधेयक अध्ययनका लागि गठित उपसमितिमा सदस्यको जिम्मेवारी पनि हेरफेर गरिएको छ। दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई जिम्मेवारी दिइएको समितिले जनाएको छ।














