काठमाडौँ, ३० भदौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ।
कोसी, बागमती, गण्डकीलगायत प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोसीको हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षासमेत भइरहेको छ।
दिउँसो कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपात हुने सम्भावना छ। कोसी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि दिउँसोदेखि साँझसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार केही समय मौसम खुले पनि पुनः बदली हुन सक्नेछ।
राति पनि देशभर बदली रहने तथा कोसी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।












