काठमाडौँ, २९ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार दुई दिने भारत भ्रमणमा जाने भएका छन्।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा भारत जान लागेका वाग्लेले त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायतसँग पनि भेट गर्ने कार्यक्रम छ।
भदौ १० गतेको विनाशकारी बाढीपछि अर्थमन्त्री वाग्लेको यो पहिलो विदेश भ्रमण हो।














