काठमाडौं, २८ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्तिको बलमा कुनै देशले आफ्नो निर्णय लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।
भारतको नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले ठूला–साना तथा धनी–गरिब सबै देश समान सम्मानका हकदार रहेको बताए। उनले बहुपक्षीयता, संयुक्त राष्ट्रसंघको भूमिका र अन्तर्राष्ट्रिय कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
विश्वमा बढ्दो अस्थिरताबीच ब्रिक्सले विकासशील देशलाई एकजुट गर्दै शान्ति र स्थिरताका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। साथै, अन्तर्राष्ट्रिय नियम कुनै एक शक्तिशाली देशले नभई सबै देशको सहभागितामा तय हुनुपर्ने सीले बताए।














