काठमाडौं, २६ भदौ। भोटेकोशी बाढी प्रभावितका लागि चीनले पठाएको पाँचौँ खेपको आकस्मिक राहत सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए)को वाई–२० ‘ए’ कार्गो विमानमार्फत ल्याइएको सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल मास्क, मर्चरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट र जल उद्धार सामग्री छन्। यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्री पुनले बताए।














