काठमाडौं, २५ भदौ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डललाई अमेरिका जाने अनुमति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री शाहको अमेरिका भ्रमण असोज ६ गतेदेखि १० गतेसम्म हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्नेछन्।














